२५ चैत्र २०८२, बुधबार | April 8, 2026

चीन विरुद्ध १०० प्रतिशत ‘ट्यारिफ’ चेतावनीका बीच ट्रम्प र सी दक्षिण कोरियामा भेट्दै



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङको भेट अक्टोबर ३० मा दक्षिण कोरियामा हुने भएको छ।

ह्वाइट हाउसले यसबारे पुष्टि गर्दै जनाएको छ कि राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा आयोजना हुने एसिया प्यासिफिक इकनोमिक कोअपरेसन (एपेक) सम्मेलनमा सहभागी हुनेछन् । त्यही क्रममा उनको भेट चीनका राष्ट्रपतिको साथ हुनेछ।

यो शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुनेछ।

दुवै नेताबीचको यो भेटको अपेक्षा पहिले नै गरिएको थियो । तर, अमेरिका र चीनबीच बढ्दो तनावका कारण यसमा अनिश्चितता बनेको थियो।

यो भेट ट्रम्पले दोस्रो पटक राष्ट्रपति पद सम्हालेपछि दुवै नेताबीचको पहिलो आमनेसामने भेट हुनेछ।

हालै ट्रम्पले चीनले रेयर अर्थमा लगाइएका प्रतिबन्धहरूमा सहजता नल्याए अमेरिकाले नोभेम्बरदेखि चिनियाँ सामानहरूमा १०० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने चेतावनी दिएका थिए ।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार दुवै नेताहरू बीचको वार्तामा व्यापार, ऊर्जा सहयोग र युक्रेन द्वन्द्वजस्ता विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : ५४ बजे

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा