२० मंसिर २०८२, शनिबार | December 6, 2025

मतदाता नामावली दर्ता गर्न गराउन कांग्रेस महामन्त्रीद्वयको परिपत्र



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गर्दै यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा व्यापक सक्रियता बढाउन अपिल गरेका छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनबारे विशेष ध्यानाकर्षण उहाँले छठपर्वलगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित गर्न/गराउन अपिल गरेका हुन् ।

उनीहरूले संयुक्तरूपमा विशेष परिपत्र जारी गरी जिल्ला कार्यसमिति र मातहतका सबै तहलाई तत्काल अन्य कार्य थाँती राखेर ‘मतदाता दर्ता अभियान’मा लाग्न निर्देशन गर्दै प्रदेश संसदीय दलमा रहनुभएका सबै साथीलाई आ–आफ्नो क्षेत्रमा बसेर ‘मतदाता दर्ता अभियान’ व्यापक बनाउन निर्देशन र परिचालन गर्न अपिल गरेका हुन् ।

उनीहरुले जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थल पुगेर कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने उल्लेख गरेका छन् ।

महामन्त्रीद्वयले हरूले दर्ता गर्न नेपाली नागरिकताको प्रमाणपत्र लग्नुपर्ने तथा नागरिकता नबनाएका युवाहरूको हकमा नागरिकता बनाएर सोही दिन नै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यहोरा सबैलाई स्पष्ट बुझाउन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : २० बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले