१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नागरिकताको अभिलेखलाई ‘डिजिटाइजेसन’



नवलपुर । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नौ हजार बढीले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन् । नयाँ नागरिकता, विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भन्दा पनि राष्ट्रिय परिचयपत्र बनाउने आउने जिल्लावासीको सङ्ख्या उल्लेख्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए ।

उनकाअनुसार जिल्लाबाट गत साउन १ देखि असोज मसान्तसम्म नौ हजार ३१५ जनाको राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय परिचयपत्रको बनाउने आउनेमा पाँच हजार ४०८ जना महिला तथा तीन हजार ९०७ जना पुरुष रहेका उनको भनाइ छ । जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तीव्ररुपमा भइरहेको उनको भनाइ छ ।

बैङ्क खाता खोल्नदेखि सरकारी कामका लागि समेत सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गराएपछि जिल्लावासी राष्ट्रिय परिचयपत्र बनाउन आउन लागेका उनले बताए। जिल्ला प्रशासन कार्यालय कावासोतीबाट जिल्लावासीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिँदै आएको छ ।

त्यस्तै, यही अवधिमा जिल्लामा नयाँ नागरिकताभन्दा धेरैले राहदानी ९पासपोर्ट० बनाएका छन् । गत साउनदेखि असोज मसान्तसम्म जिल्लामा एक हजार ८७१ जनाले नयाँ नागरिकता बनाउँदा तीन हजार ४१२ जनाले विद्युतीय राहदानी बनाएका हुन् । जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का सूचना अधिकारीसमेत रहेका शर्माकाअनुसार पछिल्लो तीन महिनामा ९५९महिलाले नयाँ नागरिकता बनाएका छन् ।

त्यस्तै ८८२ जना पुरुषले नयाँ नागरिकता लिएका शर्माले बताए। यही अवधिमा जिल्लामा एक हजार ९४९ जना पुरुष, एक हजार ३४५ महिला तथा १२१ नाबालकले विद्युतीय राहदानी लिएका शर्माले जानकारी दिए जिल्लावासीले वैदेशिक अध्ययन, रोजगारी तथा घुम्न जानका लागि राहदानी बनाउने गरेका उल्लेख गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाबाट राहदानीको फारम भर्ने र चाँडो आवश्यक पर्नेलाई काठमाडौँ पठाउने गरिएको बताए ।

गत असोज मसान्तसम्म जिल्लाबाट एक हजार ३३१ पुरुष तथा एक हजार २४८ महिला गरी दुई हजार ५७९ जनाले नागरिकताको प्रतिलिपि लिएका उनको भनाइ छ । त्यस्तै ५०० जना जिल्लावासीको नागरिकता स्क्यान गरी नागरिकताको अभिलेख डिजिटाइजेसन गरिएको उनले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ८ : ०६ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज