१२ असार २०८३, शुक्रबार | June 26, 2026

अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार



पाल्पा । यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाएका छन् ।

विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाइएको उनले उल्लेख गरे । “पहिलेपहिले खर्चको जोहो गर्न कठिन थियो, तर अहिले खुर्सानी बेचेर सहज भयो, हामीलाई चाडपर्व मनाउन अरूसँग पैसा सापटी माग्नु परेन”, उनले भने ।

यस वर्ष दसैँअगाडि खुर्सानी बेचेर रु चार लाख आम्दानी भएको छहरीले जानकारी दिए । अन्नबाली लगाउँदा वन्यजन्तुबाट जोगाउन कठिन भएपछि अहिले अकबरे खुर्सानीखेती थालेको उनले बताए । अहिले यहाँ अधिकांश साना किसानको जीविकोपार्जनको स्रोत खुर्सानीखेती भएको उनको भनाइ छ ।

स्थानीय सीता खाम्चाले पनि यस वर्ष चाडपर्व मनाउन ऋण खोज्न नपरेको बताइन् । दसैँअगाडि अकबरे खुर्सानी बेचेर आएको आम्दनीबाट पर्वको जोहो भएको उनको भनाइ छ । उनले भनिन्, “विगतका वर्षमा दसैँतिहार नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । आम्दानीको कुनै स्रोत थिएन, ऋण मागेर छोराछोरीलाई खुसी बनाउनुपर्ने बाध्यता थियो । अहिले खुर्सानीखेती गर्न थालेपछि सहज भएको छ । हालसम्म खुर्सानी बेचेर रु चार लाखभन्दा बढी आम्दानी भएको छ ।”

छहरी र खाम्चालाई मात्र हैन यहाँका अधिकांश साना किसानले अकबरे खुर्सानी बेचेर मनग्य आम्दानी गर्नाका साथै पर्वको जोहो गरेका छन् । स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत निकायले यहाँका कृषकलाई खुर्सानीखेतीका लागि सहयोग गर्न थालेपछि व्यावसायिक रूपमा यसतर्फ किसानको आकर्षण बढेको गाउँपालिकाकी कृषि शाखा प्रमुख प्रज्ञा लामटाङ्गेले बताइन् ।

उत्पादित वस्तु बजारीकरणका लागि स्थानीय सरकारले समन्वय गरिदिन थालेपछि अहिले यहाँ खुर्सानीखेती नभएको घर छैनन् । गाउँबस्तीका खेतीयोग्य जमिनमा दिउँसोको समय बाँदर, मृर्ग, हरिण तथा राति दुम्सी, बदेललगायत वन्यजन्तुले सताउन थालेपछि किसानले वैकल्पिक रूपमा व्यावसायिक खुर्सानीखेती गर्न थालेका उनले बताइन् ।

घरायसी प्रयोजनका लागि मात्र दुई(चार बोट लगाएका कृषकलाई स्थानीय सरकारले खुर्सानीखेती गर्न प्रेरित गर्न थालेपछि व्यावसायिक उत्पादन हुन थालेको किसानको भनाइ छ । पालिकाले किसानलाई आर्थिक रूपले बलियो बनाउँदै आत्मनिर्भर बनाउने तथा वैदेशिक रोजगारीलाई निरुत्साहित गराउने उद्देश्यले अभियानका रूपमा व्यावसायिकखेतीतर्फ आकर्षित गर्न थालेको कृषि शाखा प्रमुख लामटाङ्गेले उल्लेख गरिन् । उनका अनुसार दसैँअघि खुर्सानी बिक्रीबाट गाउँपालिकाभित्र रु चार करोडभन्दा बढी रकम भित्रिएको छ । यहाँका कृषकद्वारा उत्पादित खुर्सानी सहकारीमार्फत बजारीकरण हुँदै आएको छ ।

कृषिमा केही हुँदैन भन्ने भाष्य विकसित हुँदै गएपछि पछिल्लो समय वैदेशिक रोजगारी प्रमुख गन्तव्य बन्दै गएको थियो । वैदेशिक रोजगारीको विकल्पमा अकबरे खुर्सानी वा नगदेखेती बनाउनका लागि उत्पन्न चुनौतीको सामना गर्दै रु चार करोडभन्दा बढी लगानी गरेर सुरुआत गरिएको खुर्सानीखेतीले आफ्नो सपना सार्थक बनाएको गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसीले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १० : ०१ बजे

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी