५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नगद र सुन लुटपाट गर्ने गिरोहका २ महिला सहित ३ जना पक्राउ



काठमाडौँ । कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आज सार्र्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भई हाल चन्द्रागिरि बस्ने २१ वर्षीय अर्जुन श्रेष्ठ, झापाको झिलझिले घर भई काठमाडौँको नैकाप बस्ने २० वर्षीया सिर्जना राई र रामेछाप घर भई काठमाडौँको डल्लु बस्ने २२ वर्षीया विनिता मगर रहेका छन् ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पैदल हिँडेका व्यक्तिलाई कुटपिट गरेर सामान लुट्ने गिरोहमाथि जिल्ला अदालत काठमाडौँबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुले पैदल हिँड्ने व्यक्तिसँग २३.३० ग्राम सुनको सिक्री, एक थान मोबाइल र रु दुई हजार २३५ नगद लुटपाट गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : १० बजे

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली