१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ब्वाइज होस्टलबाट लुटिएको प्रहरी सामाग्री बरामद, वार्डेन पक्राउ



काठमाडौं । काठमाडौंको एक होस्टेलबाट प्रहरीले जेन जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको केही सामाग्री बरामद गरेको छ । आइतबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका-३२ सुविधानगरमा रहोके सम्पदा ब्वाइज होस्टलको बी ब्लकबाट प्रहरीको हत्कडी, बडी प्रोटेक्टर, लौरो बरामद गरेको हो । होस्टलमा प्रहरीले आइतबार स्वीप अपरेसन गरेको थियो ।

होस्टेलमा प्रहरीको सरसामान भेटिएपछि होस्टल वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले बताए । अप्रेशनका क्रममा होस्टलको ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त होस्टलबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद गरेको एआईजी कार्कीले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : २८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा