१२ असार २०८३, शुक्रबार | June 26, 2026

नेपालगन्जमा बढ्दो छठको रौनक



नेपालगन्ज । नेपालगन्जमा पछिल्लो समय छठ पर्वको रौनक बढ्दै गएको छ । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वके रौनक केही वर्षदेखि नेपालगन्जमा बढ्दै गएको हो ।

छठ पर्वका लागि नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरभित्रको तलाउलाई ुछठीघाटु का रुपमा झकिझकाउ बनाइएको छ । हरेक वर्ष पूजा गर्नेको संख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको रौनक बढ्दै गएको हो ।

छठ पर्वमा पूजा गर्नेहरु बढ्दा केही वर्षयता नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गरेको छ । तलाउ क्षेत्रमा टेण्ट सजावट, विजुली बत्तीको सजावट, बाजागाजा, साँस्कृतिक भजन मञ्चको व्यवस्थापन, घाटको सरसफाई लगायतको काम गरिएको छ ।

आज छठ पर्वको मुख्य दिन रहेको छ । आज साँझ छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्य र भोलि मंगलबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । पहिला पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पछिल्ला दिनहरुमा पश्चिममा पनि बढेको छ ।

चार दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : ३९ बजे

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस