२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित



म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ ।

मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको उपभोक्ता समितिकी अध्यक्ष सविता रोकाले बताइन् ।

‘धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ’, उनले भनिन्, ‘बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।’

५७ लाख १० हजार ८६० रुपैयाँको लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट एक सय ९३ घरपरिवार लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । उपभोक्ताले ६४ हजार ९६१ बराबरको श्रमदान गरेका छन् ।

११ लाख ६६ हजार ४२४ मा स्टिल पार्टस् खरिद र उपभोक्ता समितिलाई ३१ लाख ८३ हजार ९१ भुक्तानी भएको छ । पुलको सोमबार प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले उद्घाटन गरे । झोलुङ्गे पुल निर्माण भएकामा स्थानीयवासीले नाचगान गरेर खुसीयाली मनाएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ३७ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज