काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने भएको छ । दर्ताका लागि आज आयोगमा पार्टीको तर्फबाट निवेदन दिइने नेकपाले जनाएको छ ।
विप्लवकै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि आज मंगलबार उक्त पार्टीका नेताहरू निर्वाचन आयोग जानेछन् । यसअघिका निर्वाचनमा कतै बहिस्कार कतै विचार मिल्नेलाई समर्थन गर्दै आएको नेकपाले पहिलो पटक दल दर्ता गरेर चुनावमा जान थालेको हो ।
नेकपालाई १२स्४५ बजे निर्वाचन आयोगले समय दिएको नेकपाका नेताहरुले बताएका छन्।


















प्रतिक्रिया