१२ असार २०८३, शुक्रबार | June 26, 2026

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ



काठमाडौं । सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ श्रद्धा र भक्तिभावका साथ सकिएसँगै काठमाडौं महानगरपालिकाले सरसफाइको काम पनि सम्पन्न गरेको छ ।

उक्त पर्व सम्पन्न भएसँगै छठ घाट निर्माणका लागि प्रयोग गरिएको सामग्रीहरू पोखरी, दह तथा नदी किनारमा विशेष सरसफाइ कार्य गरिएको कामपा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

यस वर्षका लागि कामपाले महानगरभित्र कमलपोखरी ९वडा १०, गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टङ्केश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४), रामघाट (वडा २०) र बालाजु २२ धारा (वडा १६) गरी नौ वटा घाटलाई मुख्य उपासनास्थलका रूपमा तयारी गरेको थियो । तीनै स्थानमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाइ गरिसकेको काफ्लेले जानकरी दिए। कामपाका गरका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ ।

सूर्य उपासनाको यो पर्व भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन महानगरले यसअघि नै व्यापक तयारी गरेको थियो । जनप्रतिनिधिको नेतृत्वमा स्थानीय सङ्घसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी उपासनास्थलमा सरसफाइ, उज्यालो, सुरक्षा र अन्य आवश्यक व्यवस्थाको तयारी गरिएको थियो ।

छठ पर्वलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीकका रूपमा लिइन्छ । आमाको ममता, परिवारको समर्पण र सामाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गर्ने धार्मिक विश्वास स्थापित गरेको पाइन्छ ।

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि महानगरले उपासनास्थल व्यवस्थापन, सजावट र सरसफाइलाई प्राथमिकतामा राख्दै कार्य सम्पन्न गरेको छ । महानगरको सक्रियताले भक्तजनहरूले स्वच्छ र सौन्दर्यपूर्ण वातावरणमा सूर्य उपासना सम्पन्न गरेको हो ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ३६ बजे

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी