१६ माघ २०८२, शुक्रबार | January 30, 2026

विद्युत प्राधिकरण विरुद्धको मुद्दामा अदालतबाट अन्तरिम आदेश दिन अस्विकार



काठमाडौं । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ। मिल्सले दायर गरेको रिटको मंगलबार सुनुवाई गर्दै न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । अदालतले दुवै पक्षलाई कात्तिक १९ गते छलफलमा बोलाएको छ ।

प्राधिकरणले मिल्सलाई डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको जरिवानासहित ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता बुझाउन पत्र काटेको भन्दै मिल्सले त्यसविरुद्ध प्राधिकरण विरुद्ध रिट दायर गरेको थियो ।

मिल्सले प्राधिकरणको २०८२ असोज १० गतेको निर्णय र असोज १२ र १३ गते का सूचना तथा रकम बुझाउन माग गर्दै जारी गरेको पत्र कार्यान्वयन नगराउन माग गर्दै रिट दायर गरेको थियो।

उता प्राधिकरणले भने बक्यौता नतिरेको भन्दै २५ वटा उद्योगमा विद्युत काटिसकेको छ । १२ उद्योगले बक्यौता रकम किस्तामा तिर्न सुरु गरिसकेका छन् भने ६ वटा उद्योगले अदालतबाट स्टे अर्डर लिएका छन्।

उच्च अदालत पाटनले यस विषयमा दुवै पक्षसँग छलफल गरेपछि मात्र निर्णयमा पुग्ने भन्दै कात्तिक १९ गतेका लागि पेसी तोकेको छ।

यस्तो छ अदालतको आदेश :

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ५८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला