११ श्रावण २०८३, सोमबार | July 27, 2026

पाल्पामा ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु



पाल्पा । पाल्पाको रैनादेवी छहरामा भएको भ्यान दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सदरमुकाम तानसेनदेखि करिब २० किलोमिटर पश्चिमतर्फ पर्ने रैनादेवी छहरा गाउँपालिका-४, पिपलभञ्ज्याङमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मुझुङका अनुसार, लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटनामा परि चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान भने अहिलेसम्म हुन सकेको छैन ।

प्रहरीका अनुसार, उक्त भ्यान बुटवलबाट छहरा-मेहलढापतर्फ जाँदै गर्दा बिहान साढे १० बजे सडकबाट करिब १ हजार ५ सय मिटर तल खसेको हो ।

स्थानीयवासीका अनुसार, भ्यान छहरा बजारबाट १० बजे मेहलढापतर्फ प्रस्थान गरेपछि दुर्घटनाको जानकारी साढे १ बजेतिर मात्र प्राप्त भएको हो ।

भ्यानले बुटवलबाट आएका यात्रुहरूलाई छहरा बजारमा झारेपछि मेहलढापतर्फ गएको थियो । प्रहरीका अनुसार, मृतकहरूको शवलाई उद्धार गरी अस्पताल पठाइएको छ र थप विवरण संकलन भइरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : २७ बजे

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको