काठमाडौं । लगातार वृद्धि भइरहेको सेयर बजार बुधबार ५ अंकले घटेको छ । अघिल्लो दिन ६२ अंकले उक्लिएको बजार परिसूचक आज २५६६ अंकमा स्थिर भएको हो ।
कारोबारका क्रममा दिउँसो ११:४६ र १२:२१ बजे नेप्सेले २६ सय अंकको सीमा पार गरे पनि टिक्न नसकेको देखियो । सूचक घटे पनि कारोबार रकम बढेर ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो दिनको कारोबार ४ अर्ब ५७ करोड रुपैयाँमा सीमित थियो ।
आजकाे कारोबारमा ८५ कम्पनीको मूल्य बढ्दा १५९ घटेका छन् भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । क्षेत्रगत सूचक हेर्दा, होटल तथा पर्यटन समूह २.१५%, व्यापार समूह २%, र हाइड्रोपावर ०.०१% बढे ।
तर, अन्य समूह १.२०%, बैंकिङ ०.३४%, विकास बैंक ०.९१%, फाइनान्स ०.७७%, लगानी ०.१७%, जीवन बीमा ०.६४%, उत्पादन तथा प्रशोधन ०.२८% र निर्जीवन बीमा ०.१९% घटे ।
कम्पनीगत रूपमा उपकार लघुवित्त र खानीखोला हाइड्रोपावर का सेयर मूल्य १० प्रतिशतले बढे, जबकि मानुषी लघुवित्त (९.९१%), हिमालयन पावर पार्टनर (८.७४%) र आशा लघुवित्त (७.६८%) ले उल्लेख्य वृद्धि गरे ।
त्यस्तै, पन्चकन्या माइ हाइड्रोपावर ३.६९% र सिनर्जी पावर ३.२१% ले घटे । आज धेरै कारोबार भएका शीर्ष पाँच कम्पनीमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत् र हिमालयन रिइन्स्योरेन्स परेका छन् ।


















प्रतिक्रिया