११ कार्तिक २०८३, बुधबार | October 28, 2026

लगातार तीन सर्किट ब्रेकपछि नेप्सेको कारोबार स्थगित



काठमाडौं । सोमबार नेप्से परिसुचकमा तीव्र उछाल आएपछि लगातार तीन पटक सर्किट ब्रेक लाग्दा कारोबार दिनभरका लागि स्थगित गरिएको छ।

कारोबारको सुरुवातसँगै बजार तीव्र गतिमा उकालो लाग्दा पहिलो सर्किट ब्रेक खुलेको करिब एक मिनेटमै लागेको थियो। त्यसपछि २० मिनेटका लागि कारोबार रोकेर पुनः बजार खोल्दा अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्यो। दोस्रो सर्किटपछि ४० मिनेटका लागि स्थगित गरिएको बजार फेरि खुल्दा पनि एक मिनेट नपुग्दै तेस्रो सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको हो।

आजको कारोबारपछि नेप्से परिसुचक १६२ दशमलव ९६ अंकले बढेर २८७५ बिन्दुमा पुगेको छ। दिनभरमा करिब ५५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

प्रतिनिधिसभा निर्वाचनको मतगणनाबाट दुई तिहाई बहुमतको स्थिर सरकार बन्ने देखिएपछि लगानीकर्तामा विश्वास बढेको र त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १२ : १६ बजे

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ

आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला

भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री