काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दलहरु र जेनजी प्रतिनिधिहरुबीच त्रिपक्षीय वार्ता भैरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट वार्ता सुरु भएको हो । बैठकमा मुख्य राजनीतिक दलका नेताहरुसहित जेनजीबाट १३ जना प्रतिनिधि सहभागी भएका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र संचारमन्त्री जगदीश खरेल एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजेयभद्र खनाल सहभागी छन् ।
आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहमति निर्माण गर्न त्रिपक्षीय वार्ता भएको हो । सरकारले निर्वाचनको वातावरणका लागि पहिलो पटक जेनजीहरुलाई समेत राखेर संयुक्त छलफल आयोजना गरेको हो ।
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच निर्वाचनका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको उक्त सर्वदलीय बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा सबै पक्ष सकारात्मक बनेका थिए।


















प्रतिक्रिया