२४ भदौ २०८३, बुधबार | September 9, 2026

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक



काठमाडौं । गत असोज २३ गतेको मन्त्रिपरिषद् बैठकबाट भूमि समस्या समाधान आयोग र यसको सबै जिल्ला समितिहरू खारेज गर्ने अन्तरिम सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बुधबार उक्त निर्णयमाथि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सरकारको कदमलाई तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको हो ।

अदालतले आयोग खारेज गर्ने सरकारको निर्णयमा अस्थायी रूपमा अंकुश लगाउँदै उक्त विषयमा थप सुनुवाइपछि टुंगो लगाइने जनाएको छ ।

असोज २३ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो । सर्वोच्चको यो आदेशपछि आयोग र जिल्ला समिति हाललाई यथावत् रहने भएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ०२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको