२० मंसिर २०८२, शनिबार | December 6, 2025

टाइब्रेकरमा भारतमाथि नेपाल महिला टिमको शानदार जित



काठमाडौं । नेपालले भारतविरुद्ध बुधबार भएको अनौपचारिक महिला राष्ट्रिय टिमबीचको मैत्रीपूर्ण खेलमा टाइब्रेकरमार्फत ३-० ले विजय हासिल गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि परिणाम टाइब्रेकरबाट निर्धारण गरिएको हो ।

नेपालको जितमा गोलरक्षक अञ्जना रानामगर नायक बनिन् । उनले भारतका दुई प्रहार रोकिन् भने अर्को प्रहार बाहिरिएको थियो । नेपालका तर्फबाट सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले सफलतापूर्वक गोल गरेका थिए । कप्तान अनिता बस्नेतको प्रहार भने बाहिरिएको थियो ।

खेलको पहिलो हाफमा भारतले सौम्या गुगुलोथको गोलमार्फत ३० औं मिनेटमा अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा अनिता बस्नेतको कर्नर प्रहारमा रश्मिकुमारी घिसिङले हेडमार्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन् ।

सिक्किमको पाल्जोर स्टेडियममा सम्पन्न यो खेलसँगै नेपालको भारत भ्रमण टुंगिएको छ । यसअघि थ्री नेसन्स कपमा नेपालले पहिलो खेलमा इरानसँग ३-० ले पराजय बेहोरेको थियो भने दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ३१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले