२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

रुपन्देहीसहित ३३ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह



काठमाडौं । देशका विभिन्न साना तथा ठूला नदीहरूमा आगामी तीन दिन पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबार जारी विशेष बुलेटिनअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी (पूर्व-पश्चिम दुबै), रुपन्देही र कपिलवस्तुका साना नदीमा आकस्मिक बाढीको ‘मध्यम जोखिमसहित उच्च सम्भावना’ रहेको छ ।

महाशाखाले भनेको छ,

“कोसी, मधेस र वाग्मती प्रदेशका अधिकांश नदीहरूको बहाव कात्तिक १३ गते बढ्दो क्रममा रहने र १४ तथा १५ गते सतर्कता तह आसपास पुग्ने सम्भावना छ । त्यसैले नदीतटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनु आवश्यक छ ।”

हाल देशमा अरबसागरको न्यूनचापीय प्रणाली, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको संयुक्त प्रभाव सक्रिय रहेको महाशाखाले जनाएको छ । मौसमविद्हरूका अनुसार ‘मोन्था’को प्रभाव आउँदो शनिबार बिहानसम्म रहनेछ ।

विशेषज्ञहरूले सम्भावित वर्षा र बाढीका कारण पहाडी तथा तराईका नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन र जोखिम क्षेत्रबाट सुरक्षित ठाउँमा सर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  १० : २४ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री