चितवन । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरि पहिरो हटाउने कार्य सुचारू भैरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालये पहिरोको उच्च जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध पनि गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको थियो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका थिए ।



















प्रतिक्रिया