२८ भदौ २०८३, आइतबार | September 13, 2026

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन

पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य सँगसँगै



मुग्लिन । पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

धादिङ बेनिघाट रोराङ-१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना-५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उहाँले आग्रह गरेका छन् ।

पानी परिरहेको र ढुङ्गा-माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : ३७ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू