६ आश्विन २०८३, मंगलबार | September 22, 2026

तुइनखोलामा फेरि ठूलो पहिरो, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा फेरि ठूलो पहिरो खसेको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ ।

आज दिउँसो ४ः५५ बजे ठूलो पहिरो गएको र त्यसपछि पनि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिए । उनले भने, “पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन कठिन भएको छ ।”

गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सोमबार मात्रै दुईतर्फी सडक सञ्चालनमा ल्याइएकामा आज पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउन लामो समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लम्सालले आग्रह गरे ।

यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले पनि आज साँझ एक विज्ञप्ति प्रकाशित गर्दै तुइनखोलामा तत्कालै पहिरो पन्छाउन नसकिने जनाएको छ । प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : ०६ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत