२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘हिडन भ्याली’ मा फसेका १५ जना पर्यटकको उद्धार



म्याग्दी । धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’ मा फसेका तीन विदेशी पर्यटकसहित १५ जनाको आज सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका-४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायतका पर्यटकहरू फसेका थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जोमसोमबाट गएका सुरक्षाकर्मी र हिडन भ्यालीबाट आएका पर्यटकहरू समुन्द्री सतहदेखि चार हजार ९०० मिटर उचाइमा रहेको बतासे डाँडामा भेटेर जोमसोम ल्याइएको जानकारी दिए ।

“पर्यटकलाई पदयात्रामा पठाएको कम्पनीले समस्यामा परेको भन्दै उद्धारका लागि अनुरोध गरेपछि बुधबार सुरक्षाकर्मीको टोली पठाएका थियौँ”, उनले भने, “पर्यटक, पथप्रर्दशक र पर्यटक मजदुरहरूको उद्धार गरिएको छ ।”

काठमाडौंको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीमार्फत पदयात्रामा गएका बेलायतका पर्यटकले हिँड्न गाह्रो पर्ने भएकाले मङ्गलबार साँझ सम्बन्धित कम्पनीमार्फत हेलिकप्टरबाट उद्धारको व्यवस्था मिलाउन अनुरोध गरेका थिए । मेरी रेप्स, क्याथोरिन विल्सन र इमिली कोट्स नाम गरेका बेलायतका महिला पर्यटक पदयात्रामा गएका थिए ।

पथप्रर्दशकले स्याटेलाइट फोनमार्फत उद्धारको अनुरोध गरेका प्रजिअ भुसालले बताए । जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयका सेनानी प्रशान्त विष्टको नेतृत्वमा १५ जना तालिम प्राप्त सुरक्षाकर्मीलाई उद्धार कार्यमा परिचालन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : १४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय