५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सुरक्षाकर्मीको पेस्तोल र गोली बिक्रीमा संलग्नताको अभियोगमा पाँच पक्राउ



काठमाडौं । गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौं महानगरपालिका-१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं-१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, भारत मोतिहारी सीतामढी घर भइ हाल काठमाडौं-१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने २४ वर्षीय अकबर खान, काठमाडौं-१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य तथा काठमाडौं-३१ बानेश्वर घर भइ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सिएफ ९८-९ पेस्तोल एक थान, पेस्तोलको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने गोली १५ थानसहित निजहरूलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेकामध्ये गुरुङ कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न, देउला, खान र शाक्य हतियार खरिद तथा बिक्री वितरणमा संलग्न तथा प्रभात मल्ल हतियार खरिदमा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : २२ बजे

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली