१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

दोस्रो एनपीएल संस्करणमा १९ विदेशी खेलाडी अनुबन्ध, चितवनले सबैभन्दा धेरै खेलाडी भित्र्यायो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण नजिकिँदै जाँदा देशभर क्रिकेटको उत्साह चुलिएको छ । नेपाली खेलकुद समर्थकहरूको ध्यान अहिले एनपीएलमै केन्द्रित छ, जसको आयोजना नेपाल क्रिकेट संघ (क्यान)ले गर्दैछ ।

पछिल्ला वर्षहरूमा प्राप्त ऐतिहासिक सफलताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको छ । तेस्रो पटक टी-२० विश्वकपमा प्रवेश गर्नु र पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध शृंखला जित्नु नेपाल क्रिकेटको महत्वपूर्ण उपलब्धि बनेका छन् । यी सफलताहरूसँगै एनपीएल पनि नेपाली क्रिकेटको विकास र व्यावसायिकता बढाउने अर्को मुख्य माध्यमका रूपमा उदाउँदै आएको छ ।

मंसिर १ देखि २७ गतेसम्म हुने एनपीएलको दोस्रो संस्करणमा पहिलो सिजनकै आठ टिमले प्रतिस्पर्धा गर्ने छन् – जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र चितवन राइनोज।

प्रत्येक टिमले चार विदेशीसहित १५ खेलाडी राख्न पाउने प्रावधानअनुसार टिमहरूले खेलाडी अनुबन्ध र प्रायोजनका काम तीव्र बनाएका छन् । हालसम्म १९ विदेशी खेलाडी अनुबन्धित भइसकेका छन्, जसमा चितवनले सबैभन्दा धेरै चार विदेशी खेलाडी भित्र्याएको छ ।

चितवनले इंग्ल्यान्डका डेविड मिलान र रवि बोपारा, युगान्डाका अल्पेश रामजानी र पाकिस्तानका सोहल तान्विरलाई अनुबन्ध गरेको छ । कर्णालीले स्कट्ल्यान्डका मार्क वाट, नेदरल्यान्डका म्याक्स ओ‘डाउड र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई भित्र्याएको छ ।

जनकपुरले अमेरिकी ब्याटर लहिरु मिलान्था र दक्षिण अफ्रिकी बलर वायने पार्नेललाई लिएको छ । काठमाडौं गोर्खाजले दक्षिण अफ्रिकाका रिकार्डो भान्सकोनेसेलोज, अमेरिकाका मिलिन्द कुमार र नामिबियाका कप्तान गेहार्ड इरास्मसलाई अनुबन्ध गरेको छ ।

विराटनगरले दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसिस, अस्ट्रेलियाका साम हिजलेट र स्कट्ल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ । त्यसैगरी, लुम्बिनीले अस्ट्रेलियाका डार्सी शार्ट र इटालीका थोमस ड्राकालाई, सुदूरपश्चिमले अस्ट्रेलियाका क्रिस लिनलाई र पोखराले इंग्ल्यान्डका विकेटकिपर एडम रोसिङ्गटनलाई भित्र्याइसकेका छन् ।

एनपीएल दोस्रो संस्करणले नेपाली क्रिकेटमा नयाँ प्रतिस्पर्धा, मनोरञ्जन र व्यावसायिकता थप्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : ४६ बजे

भक्तपुर-२ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भक्तपुर । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले