१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पुराना उपलब्धिको ग्रहण गर्दै सच्चिएर अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले नयाँ पुस्ताले पुराना उपलब्धिलाई ग्रहण गर्दै देशको राजनीतिक र आर्थिक जगलाई थप बलियो बनाउन अघि बढ्नुपर्ने राय व्यक्त गरेका छन् ।

रास्वपाद्वारा शुक्रबार आयोजित ‘जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकको बृहत् राजनीतिक संवाद कार्यक्रममा उनले जेनजीलाई आग्रह गर्दै अग्रगमनका लागि विगतका उपलब्धिलाई अझ समृद्ध बनाउँदै आर्थिक मुद्दा अघि बढाउन सकिने धारणा राखे ।

वाग्लेले जेनजी आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइसँगै सिङ्गो देशको अग्रगमनबारे भएको छलफल उपलब्धिमूलक भएको बताए ।

उनले राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिए। “पुरानो ‘लिगेसी’ ग्रहण गर्नुपर्छ । हामीभन्दा अघि, पुराना उपलब्धिलाई ग्रहण गर्दै त्यसमा इँट्टा थप्दै जगलाई मजबुत बनाउँदै जाने हो । अघि बढ्ने हो पछि जाने हैन”, उनले भने ।

संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी, विवेकशील साझा पार्टी, हाम्रो नेपाली पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जेनजी समूहका प्रतिनिधिहरु र अभियन्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : १५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा