१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

अमेरिकाविरुद्धको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै



दुबई । युएईमा जारी आइसिसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेपछि अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङका लागि उत्रिने भएको हो। खेल सवा ११ बजेदेखि सुरू भएको छ।

जारी त्रिकोणात्मक सिरिजमा नेपाल अहिलेसम्म दुवै खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा अमेरिकासँग र दोस्रो खेलमा घरेलु टोली युएईसँग हार भोगेको थियो। अमेरिकासँगको यो खेल नेपाल र अमेरिकाबीचको दोस्रो प्रतिस्पर्धा हो।

नेपालले अब नोभेम्बर ५ मा युएईविरुद्ध अन्तिम खेल खेल्नेछ, त्यसपछि टोली स्वदेश फर्कने योजना छ।

आजको खेलमा सोमपाल कामीलाई बेन्चमा राखिएको छ भने उनको स्थानमा नन्दन यादवलाई खेलाइएको छ।

नेपालको टिम यसप्रकार छः कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, सन्दीप लामिछाने, कुशल भूर्तेल, भीम सार्की, गुल्सन झा, आरिफ शेख, नन्दन यादव, करण केसी र ललित राजवंशी।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ११ : १३ बजे

भक्तपुर-२ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भक्तपुर । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले