१५ माघ २०८२, बिहिबार | January 29, 2026

‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गरिँदै



बैतडी । जेनजी आन्दोलनका क्रममा घाइते भएका बैतडीका व्यक्तिहरूलाई ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गर्ने तयारी भएको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बैतडीका छ जना घाइते भएको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ । घाइते परिचयपत्र वितरणका लागि सूची सार्वजनिक गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, “गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएकाहरूको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले हामीलाई (जिल्ला प्रशासन कार्यालय) पठाएको छ । त्यही सूची हामीले सार्वजनिक गरेका छौँ ।”

गृह मन्त्रालयले पठाएको बैतडीका घाइते व्यक्तिहरूमा १९ वर्षीय दीपक साउँद, ३० वर्षीय मनिष ठगुन्ना, २४ वर्षीय हरिस भुल, २० वर्षीय वासु पुजारा, २३ वर्षीय लक्ष्मण भण्डारी र २५ वर्षीय हरिकृष्ण भट्ट रहेका छन् ।

सार्वजनिक गरिएको सूचीअनुसारका घाइते व्यक्तिहरूलाई सम्पर्क गर्न भनिएको उनले बताए। प्रजिअ पौडेलले भने, “घाइते परिचयपत्र वितरणका लागि सूचीअनुसारका व्यक्तिलाई सम्पर्क गर्न भनेका छौँ । सम्बन्धित स्थानीय तह र प्रहरीले सूचीअनुसारकै व्यक्ति रहेको यकिन गरेपछि घाइते परिचयपत्र वितरण गर्छौं।” गृह मन्त्रालयबाट प्राप्त सूची जिल्ला प्रशासन कार्यालयले यहाँका सबै स्थानीय तहहरूमा समेत पठाएको जनाएको छ ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ११ : ५४ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण