३ चैत्र २०८२, मंगलबार | March 18, 2026

‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गरिँदै



बैतडी । जेनजी आन्दोलनका क्रममा घाइते भएका बैतडीका व्यक्तिहरूलाई ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गर्ने तयारी भएको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बैतडीका छ जना घाइते भएको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ । घाइते परिचयपत्र वितरणका लागि सूची सार्वजनिक गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, “गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएकाहरूको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले हामीलाई (जिल्ला प्रशासन कार्यालय) पठाएको छ । त्यही सूची हामीले सार्वजनिक गरेका छौँ ।”

गृह मन्त्रालयले पठाएको बैतडीका घाइते व्यक्तिहरूमा १९ वर्षीय दीपक साउँद, ३० वर्षीय मनिष ठगुन्ना, २४ वर्षीय हरिस भुल, २० वर्षीय वासु पुजारा, २३ वर्षीय लक्ष्मण भण्डारी र २५ वर्षीय हरिकृष्ण भट्ट रहेका छन् ।

सार्वजनिक गरिएको सूचीअनुसारका घाइते व्यक्तिहरूलाई सम्पर्क गर्न भनिएको उनले बताए। प्रजिअ पौडेलले भने, “घाइते परिचयपत्र वितरणका लागि सूचीअनुसारका व्यक्तिलाई सम्पर्क गर्न भनेका छौँ । सम्बन्धित स्थानीय तह र प्रहरीले सूचीअनुसारकै व्यक्ति रहेको यकिन गरेपछि घाइते परिचयपत्र वितरण गर्छौं।” गृह मन्त्रालयबाट प्राप्त सूची जिल्ला प्रशासन कार्यालयले यहाँका सबै स्थानीय तहहरूमा समेत पठाएको जनाएको छ ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ११ : ५४ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड