५ पुस २०८२, शनिबार | December 20, 2025

सर्लाहीमा झरीका कारण धानबालीमा क्षति



सर्लाही । बेमौसमी वर्षाका कारण सर्लाहीमा भित्र्याउन ठिक्क पारेको धानमा क्षति पुगेको छ । जिल्लाको बरहथवा नगरपालिका-१४, हरिपूर्वा निवासी विन्देश्वर रायले बिहीबारदेखि परेको झरीका कारण धानबालीमा असर परेको बताए ।

“एक विघा खेतको धान काटेर राखिएको थियो, बिहीबारदेखि परेको झरीका कारण क्षति पुगेको छ,” उनले भने, “भिजेको धान केही दिनमै उम्रिन थाल्छ । केही त कुहिएर काम नलाग्ने भइसकेको छ ।’’

लगातार परेको झरीका कारण आफूहरु समस्यामा परेको किसान विनोद यादवले सुनाउनुभयो । “भित्र्याउने समयमा धानबालीमा पानीले क्षति गर्दा मन अमिलो बनेको छ”, उनले भने । यहाँका अधिकांश किसानले गत मङ्गलबार मात्रै धान काटेका थिए । केही दिन सुकाएर उठाउने तरखर गर्दागर्दै पानी पर्न थालेपछि समस्या भएको उनीहरुको भनाइ छ ।

केही समय अघि आएको बाढीका कारण पनि यहाँका किसान समस्यामा परेका थिए । पहिले बाढी र हावाले धान लडाएको थियो । अहिले परेको झरीले त्यसलाई डुबाएपछि अब धान काम नलाग्ने किसानको गुनासो छ ।

बोटमै रहेको धानमासमेत बाला झर्ने, पानीले जमिन गलेपछि धानको बोट लड्ने समस्या भएको बागमती नगरपालिका-११, का किसान यज्ञ धिमालले बताए । समयमै वर्षा नहुँदा बेलैमा धान रोप्न नपाएका किसान अहिले बेमौसमी पानीले मारमा परेको उनको भनाइ छ ।

जसोतसो उत्पादन भएको धान नाश हुने अवस्था आएको बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीको भनाइ छ । जिल्लाको अधिकांश स्थानमा परेको झरीले किसानले भित्र्याउन भनेर ठिक्क पारेको धानमा ठूला क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । केन्द्रका अनुसार यसवर्ष जिल्लामा ८० प्रतिशतको हाराहारीमा मात्र धान रोपाइँ भएको थियो । त्यसमा पनि समय घर्किएर गरेको रोपाइँले धान उत्पादनमा गिरावट आउने उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  २ : ५५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य