काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसिरहेको छ।
समाजवादी मोर्चाभित्र रहेका दलहरूबीच पार्टी एकीकरणको विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा विशेष गरी वृहद् एकता र वाम ध्रुवीकरणबारे निर्णय हुने बताइएको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्रोही समूहबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताइएको छ ।
वामएकताबारे औपचारिक निर्णय लिन माओवादी केन्द्रले कात्तिक १७ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाइसकेको छ ।


















प्रतिक्रिया