१५ माघ २०८२, बिहिबार | January 29, 2026

काठमाडौंका मेयर शाहको मध्यरातमा आपत्तिजनक ‘स्टाटस’, तीव्र आलोचनापछि हटाए



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक पोस्ट गरेपछि तीव्र आलोचनाको सामना गरिरहेका छन् । शनिबार मध्यराति उनले उक्त पोस्ट लेखेका थिए, जुन केहीबेरमै उनले आफ्नो वालबाट हटाएका छन् ।

तर, बालेनले पोस्ट हटाए पनि त्यसको स्क्रिनशट सामाजिक सञ्जालभर ‘भाइरल’ बनेको छ । सो पोस्टमा उनले अश्लील शब्द प्रयोग गर्दै दुई छिमेकी देश-चीन र भारतसहित अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत उल्लेख गरेका थिए ।

उक्त पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेनमाथि तीव्र आलोचना गर्न थालेका छन् । कतिपयले उनलाई ‘अविवेकी’ र ‘असन्तुलित’ भएको आरोप लगाएका छन् भने अरूले मेयरको हैसियतअनुसार जिम्मेवार अभिव्यक्ति नदिएको टिप्पणी गरेका छन् ।

बालेनविरुद्ध हाल जेनजी आन्दोलनमा युवाहरूलाई उक्साएको तर त्यसको स्वामित्व नलिएको, सुशीला कार्की नेतृत्वमा सरकार गठनमा भूमिका खेलेको तर अहिले सोही क्याबिनेटका गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन खोजेको लगायतका विषय जोडेर पनि आलोचना भइरहेको छ ।

उनले अन्तर्राष्ट्रिय शक्तिसँग साँठगाँठ गरेको आरोपसमेत सामाजिक सञ्जालमा उठ्न थालेको छ । बालेनले भने यस विषयमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ४८ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।