९ भदौ २०८३, मंगलबार | August 25, 2026

राजदूत फिर्ता गर्ने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं। सर्वोच्च अदालतले सरकारले राजदूत फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार सुनुवाइ गर्दै उक्त निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गरेको हो।

अन्तरिम सरकारले कात्तिक २० गतेसम्म तत्कालीन सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री सुशीला कार्कीले तीमध्ये कतिपय राजदूतले सरकारविरुद्धका गतिविधि र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै फिर्ता गर्ने निर्णय गरिएको बताएकी थिइन्।

तर, सर्वोच्चको आदेशपछि उक्त निर्णय हालका लागि स्थगित भएको छ। अदालतले यो विषयमा थप छलफलपछि अन्तिम निर्णय गर्ने जनाएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ४५ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त