२३ असार २०८३, मंगलबार | July 7, 2026

राष्ट्रपति पौडेल आज कतार जाँदै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दैछन् । उनी दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार सम्मेलनमा सहभागी हुन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार आयोजना भइरहेको यस सम्मेलनलाई सदस्य राष्ट्रहरूका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको यो सम्मेलनले सामाजिक विकासका विषयमा विश्वस्तरको साझा प्रतिबद्धता व्यक्त गर्ने बताए । उनका अनुसार, सम्मेलनमा विकास असमानता, जनसंख्या असन्तुलन र प्रविधिक प्रभावजस्ता समसामयिक चुनौतीहरूबारे गहन छलफल हुनेछ ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न राष्ट्रका विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

यसअघि ‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’ सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा आयोजना भएको थियो। यसपटक दोस्रो सम्मेलनको जिम्मेवारी कतारले लिएको हो ।

सन् १९५५ देखि संयुक्त राष्ट्रसंघको सदस्य रहेका नेपालले शान्ति, स्थायित्व र सामाजिक न्यायका पक्षमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ । नेपाल हाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष राष्ट्र भएकाले पनि राष्ट्रपति पौडेलको सहभागिता थप अर्थपूर्ण हुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले कतारको औपचारिक भ्रमण सम्पन्न गरी यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : ३८ बजे

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी