१ आश्विन २०८३, बिहिबार | September 17, 2026

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, मजार-ए-शरीफ नजिक केन्द्रबिन्दु



काठमाडौं । अफगानिस्तानको प्रमुख सहर मजार-ए-शरीफनजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार बिहान गएको यो शक्तिशाली भूकम्पले उत्तरी अफगानिस्तानका विभिन्न सहरहरूमा कम्पन महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट करिब २२ किलोमिटर पश्चिम-दक्षिण-पश्चिममा थियो। भूकम्पको गहिराइ २८ किलोमिटर मापन गरिएको छ ।

स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो । एजेन्सीका अनुसार, ६.३ म्याग्निच्युडको यो भूकम्पबाट ठूलो संख्यामा जनधनको क्षति हुन सक्ने सम्भावना रहेको चेतावनी दिइएको छ ।

तर, हालसम्म कुनै ठूलो हताहतको आधिकारिक रिपोर्ट प्राप्त भएको छैन । बाल्ख प्रान्तका तालिबान सरकारका प्रवक्ताले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै भूकम्पपछि विभिन्न जिल्लाबाट सामान्य चोटपटक र सतही क्षतिको जानकारी आएको बताएका छन् ।

उनका अनुसार, “धेरैजसो चोटपटक अग्ला भवनहरूबाट खसेका कारण लागेका हुन्,” तर अहिलेसम्म कुनै गम्भीर समस्या देखिएको छैन ।

पाँच लाखभन्दा बढी जनसंख्या भएको मजार-ए-शरीफमा भूकम्पपछि घर भत्किने डरले ठूलो संख्यामा स्थानीय बासिन्दा सडकमा निस्किएका छन्, एएफपीले जनाएको छ ।

यो भूकम्प गत अगस्टको अन्त्यतिर अफगानिस्तानको पहाडी पूर्वी क्षेत्रमा गएको ६.० म्याग्निच्युडको भूकम्पपछि आएको हो । त्यतिबेला एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।

सुरक्षाकर्मीहरू र उद्धार टोलीहरू अहिले प्रभावित क्षेत्रका अवस्थाबारे प्रारम्भिक मूल्यांकन गरिरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : ०५ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको