४ चैत्र २०८२, बुधबार | March 18, 2026

गोपाल किराँतीको देशभक्त समाजवादी मोर्चा माओवादीमा समाहित



काठमाडौं । सात वर्ष अघि पार्टी छोडेर देशभक्त समाजवादी मोर्चा बनाएका गोपाल किराँती पुनः माओवादी केन्द्रमै फर्किएका छन् ।

किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष गोपाल किराँतीले संयुक्त रूपमा सहमति पत्र सार्वजनिक गर्दै मोर्चा माओवादी केन्द्रमा समाहित भएको घोषणा गरेका हुन्।

कात्तिक १५ गते नै दुई पक्षबीच सहमति भएको भए पनि उक्त सहमति पत्र आजमात्र सार्वजनिक गरिएको हो।

एकीकृत समाजवादीसहित अन्य सात वाम घटक र माओवादीबीच पार्टी एकता हुनुभन्दा दुई दिन अघि किराँती माओवादीमा समाहित भएका हुन् । २०७५ सालमा माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि किराँतीले पार्टी छोडेर छुट्टै मोर्चा बनाएका थिए ।

प्रचाण्ड र किराँतीले हस्ताक्षर गरेको सहमति पत्रमा हाल नेपाली राजनीतिमा उत्पन्न भइरहेको अभूतपूर्व जोखिम र चुनौतीपूर्ण अवस्थालाई सही दिशामा डोर्याउन यस निर्णयलाई आवश्यक ठहरिएको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, “जनयुद्धका समयमा अपनाइने ‘प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरण गर्ने’ नीतिअनुसार देशका सबै कान्तिकारी शक्तिहरूबीच एकता र ध्रुवीकरण वर्तमान समयको प्रमुख आवश्यकता हो। यसै सन्दर्भमा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, नेपाली समाजको प्रकृतिअनुरूपको विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिबद्धता व्यक्त गर्दछौं।”

सहमति पत्र यसप्रकार रहेको छ :

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ११ : ०३ बजे

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत