१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जाँचबुझ आयोगको वैधानिकतामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

मुद्दा पूर्ण इजलासमा पठाइयो



काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको छानबिनका लागि गठित आयोगको वैधानिकतामा प्रश्न उठाएर अधिवक्ता विपीन ढकालले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अधिवक्ता ढकालले कात्तिक ११ गते दायर गरेको उक्त रिटमा कात्तिक १२ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेशबारे छलफलका लागि सोमबार सुनुवाइ तोकेको थियो।

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दा अन्तिम आदेशमा ठहरिने निर्णय गरेको हो। संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेश गर्ने आदेश जारी गरेको हो।

अदालतले रिटमा उठाइएका विषय गम्भीर प्रकृतिका रहेको ठहर गर्दै यसमा ठूला संवैधानिक प्रश्नहरू संलग्न भएको उल्लेख गरेको छ।

अधिवक्ता ढकालले आयोगका अध्यक्ष कार्कीले नियुक्ति हुनुअघि नै आन्दोलनमा संलग्न व्यक्तिहरूलाई कसरी कारबाही गर्ने भन्ने धारणा सार्वजनिक गरेको र नियुक्तिपछि त्यही पूर्वधारणाअनुसार काम गरेको आरोप लगाउँदै आयोगको वैधानिकता चुनौतिसहित रिट दायर गरेका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : ४४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा