५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

भैरहवाको होटल निर्वाणाको गेट अगाडि मध्यरात गोली चल्यो, सुरक्षा गार्ड घाइते



भैरहवा । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेट अगाडि गएराति गोली चलेको छ । राति करिब १ बजे भएको घटनामा एकजना व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार गोली होटलमा कार्यरत सुरक्षा गार्ड मीन बहादुर परियारमाथि प्रहार भएको हो । बुटवल उपमहानगरपालिका-१५ निवासी २७ वर्षीय परियार गोली लागेर सामान्य घाइते भएका छन् ।

घाइते परियारको भैरहवास्थित भीम अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान सम्पन्न भइसकेको र सीसीटीभी फुटेजको विश्लेषणसहित थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ०१ बजे

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली