१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

माओवादी एकताप्रति असन्तुष्ट उपमहासचिव जनार्दन शर्माद्वारा आज विशेष पत्रकार सम्मेलन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको पार्टी एकताप्रति असन्तुष्ट रहेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्न लागेका छन् ।

शर्माले ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेका हुन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज (कार्तिक १८) दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठान, कमलादीमा बस्दै छ । सो बैठकले नेकपा (एकीकृत समाजवादी) सहित नौ वामदलबीचको एकता प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।

तर, उपमहासचिव शर्माले भने एकता प्रक्रियाप्रति असहमति जनाउँदै यसलाई तत्काल रोक्नुपर्ने धारणा अघि सार्दै आएका छन् । उनले यसअघि नै उक्त एकता प्रक्रियामा सहभागी नहुने र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अलग हुने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : १५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा