२० मंसिर २०८२, शनिबार | December 6, 2025

माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका आठदलबीच आज पार्टी एकता घोषणा हुँदै



काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका आठ वामपन्थी दलहरूबीच आज पार्टी एकताको घोषणा हुँदैछ।

राजधानकीको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष कार्यक्रममार्फत ‘वाम एकता घोषणा सभा’ आयोजना गरिएको छ। सो सभालाई प्रचण्ड, माधव नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

एकता घोषणा सम्पन्न भएलगत्तै नयाँ पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरिने तयारी गरिएको छ। यस अवसरमा ‘एकता राष्ट्रिय सम्मेलन’ मार्फत पार्टी एकता घोषणा, घोषणापत्र र विधान पारित गर्ने तथा नयाँ केन्द्रीय समिति गठन गर्ने योजना छ।

नवगठित पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिने र पाँच कुने तारा चुनाव चिह्नका रूपमा चयन गरिएको छ। सहभागी वाम घटकहरूले अबको छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सहमति समेत गरेका छन्। शीर्ष नेताहरुले जारी गरेको घोषणापत्रमा पार्टी स्थापनाको उद्देश्य, मूल सिद्धान्त, नीति तथा प्रतिबद्धता समेटिएको छ।

एकीकृत पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनेछन् भने सह–संयोजकमा माधवकुमार नेपाल रहने छन्। ६ महिनाभित्र एकता महाधिवेशन आयोजना गरेर नेतृत्वमा युवा पुस्ताको व्यापक सहभागिता बनाउने प्रतिवद्धता जनाइएको छ ।

नयाँ पार्टीले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्ने र नेपाली विशेषतामा आधारित वैज्ञानिक समाजवादलाई आफ्नो दीर्घकालीन लक्ष्य बनाउने घोषणा गरेको छ। तत्कालीन कार्यदिशा भने पुँजीवादी जनवादी उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्दै समाजवादको आधार तयार गर्नु रहेको छ। आन्दोलनको स्वरूप मुख्यतः शान्तिपूर्ण हुने र आवश्यकताअनुसार सडक, सदन र सरकार सबै मोर्चामा सक्रिय हुने भनिएको छ।

यो एकता प्रक्रियामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) लगायतका घटकहरू सहभागी छन्।

माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले पनि यस एकता निर्णयलाई औपचारिक स्वीकृति दिइसकेको छ । यसअघि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको थियो ।

यसअघि आइतबार माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ वाम घटकले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए। त्यसपछि गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा पनि एकता प्रक्रियामा सहभागी भएको हो।

पार्टीको मूलधारबीच एकता प्रक्रिया अघि बढेपनि माओवादी केन्द्र र एकीकृत समाजवादीमा भने विभाजन भएको छ । माओवादीका जनार्दन शर्मा, राम कार्की, अन्जना विशंखे लगायतका नेताहरू र एकीकृत समाजवादीका झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्रीहरूले असहमति जनाउँदै एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन्।

जनार्दन शर्माको समूहले ‘प्रगतिशील एकता अभियान’ घोषणा गरिसकेको छ । एकीकृत समाजवादीमा झाँक्रीसहितका असन्तुष्ट नेताहरू एमालेमा फर्किने तयारीमा छन् । झलनाथ खनालले गएराति एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । घनश्याम भुसालहरुको समुह भने अझै पनि छलफलमा छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : २१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले