३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

झलनाथ खनाल नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र) सहितका वामपन्थी दलहरूबीच आयोजित एकता घोषणासभामा सहभागी भएका छन्।

पार्टी एकताको विपक्षमा रहँदै आएका खनाल नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेका हुन् । खनालले हिजो राति मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी पार्टी प्रवेशबारे छलफल गरेका थिए। तर आज भने खनाल काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘एकता राष्ट्रिय सम्मेलन’मा सहभागी हुन पुगे ।

माओवादी केन्द्र र एकीकृत समाजवादी सहित आठ वामपन्थी दलबीच पार्टी एकताको राष्ट्रिय सम्मेलन भैरहेको छ ।

खनालले यसअघि माओवादी केन्द्रसँगको एकता निर्णयप्रति असहमति जनाउँदै पार्टीको आधिकारिक निर्णयप्रति असन्तुष्टि प्रकट गरेका थिए।

 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ४४ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र