३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

प्रचण्डप्रति विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएँ : झलनाथ खनाल

कम्युनिस्टहरूबीच आपसी आरोप–प्रत्यारोप नगर्न अपील



काठमाडौं । आजसम्म नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता रहेका झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन्।

भृकुटीमण्डपमा आयोजित ९ वाम घटकबीचको एकता राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

खनलले भने “मैले कमरेड प्रचण्डसँग ती कुरा राखिसकेको छु। उहाँले मिलाएर लैजाने प्रतिबद्धता जनाउनुभएको छ,” नेता खनालले भने, “त्यही विश्वासका आधारमा म एकताको पक्षमा उभिएको हुँ।”

एकता प्रक्रियाप्रति पहिले असन्तुष्टि जनाउँदै आएका खनालले बुधबार बिहान प्रचण्डसँग भेट गरेपछि एकतामा सहभागी हुने निर्णय गरेका थिए ।

खनालले अब कहिल्यै पनि विभाजन नहुने प्रतिबद्धता जनाउँदै एकताबद्ध ढंगले अघि बढ्न सबैलाई आग्रह गरे। “आज यहाँ उपस्थित सबै घटकहरूलाई म भनिरहेका छु—अब हामी कहिल्यै फुट्ने छैनौं। यही संकल्पका साथ अघि बढौं,” उनले भने।

उनले विगतमा भएका कम्युनिस्ट एकताहरू विभाजनमा परिणत भएको स्मरण गर्दै अब नयाँ सोचसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। “पहिले पनि हामीले एकता गरेका थियौं, तर ‘ए’ र ‘कता’ अलग भए। अहिले पनि बाहिर थुप्रै पार्टीहरू छन्, म तिनीहरूलाई पनि भन्छु—अब नयाँ ढंगले सोचौं,” उनले जोड दिए।

खनालले कम्युनिस्टहरूबीच आपसी आरोप–प्रत्यारोप नगरी सहकार्य र एकतालाई मजबुत बनाउन आग्रह पनि गरे।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : ३८ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र