२७ बैशाख २०८३, आइतबार | May 10, 2026

ठेक्का सम्झौता अवधि नसकिँदै तयार भयो नेपालगन्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन



नेपालगन्ज । नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको काम सम्पन्न भएको छ । निर्माण व्यवसायीले ठेक्का सम्झौतामा तोकिएको डेढ महिना अगावै नयाँ टर्मिनल भवन निर्माणको काम सम्पन्न गरेको हो ।

अत्याधुनिक सुविधा र अन्तरराष्ट्रिय उडानको मापदण्ड समेत रहेको नयाँ टर्मिनल भवन निर्माणको काम सम्पन्न भएको शर्मा एण्ड कम्पनीका प्रतिनिधि बिनोद सुवेदीले जानकारी दिए । विमानस्थलको नयाँ टर्मिनल भवन (ब्लक ए, बी र सी), विमान पार्किङ क्षेत्र, सवारी साधन पार्किङ, गेष्ट हाउस, ढल ब्यवस्थापन, बगैचा, फुटपात, शौचालय लगायतका संरचना निर्माण गर्न ‘शर्मा एण्ड कम्पनी’ ले सन् २०२२ डिसेम्बर १६ मा ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो ।

ठेकेदार कम्पनीले सन् २०२५ डिसेम्बर १५ मा उल्लेखित काम सम्पन्न गर्ने गरी मुल्य अभिवृद्धि कर(भ्याट) बाहेक २ अर्ब ७२ करोड रुपैयाँमा सम्झौता गरेको थियो । म्याद सकिनुभन्दा करिव डेढ महिना अगावै निर्माण कम्पनीले काम पुरा गरेको नेपालगन्ज विमानस्थल टर्मिनल भवन निर्माण आयोजना कार्यालयले जनाएको छ ।

प्रायः आयोजनाका काममा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्ने प्रवृत्ती बढिरहेका बेला शर्मा एण्ड कम्पनीले म्याद सकिनुभन्दा अगाडी नै सम्पन्न गरेको नेपालगन्ज विमानस्थल टर्मिनल भवन निर्माण आयोजनाका आयोजना प्रमुख नलबिक्रम थापाले बताए । उनले सम्झौतामा भएको ब्यवस्था अनुसार ठेकेदार कम्पनीलाई ‘बोनस’ प्रदान गरिने पनि बताए ।

आयोजनाको काम सम्पन्न भएसँगै केहीदिन भित्रमा नागरिक उड्ययन प्राधिकरणको विज्ञ टोलीबाट स्थलगत अनुगमन गरिने र निर्माण पक्षबाट नागरिक उड्ययन प्राधिकरणलाई हस्तान्तरण हुने आयोजना प्रमुख थापाले बताए । उनले विज्ञले अनुगमन गरे पश्चात पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिन लगायत आवश्यक सामानहरु नयाँमा सारेर १५ दिनभित्रमा नयाँ भवनबाट सेवा सुरु हुने पनि दाबी गरे ।

आयोजना कार्यालयका अनुसार नेपालगन्जमा निर्मित टर्मिनल भवन आन्तरिक र बाह्य दुबै उडानका लागि उपयुक्त रहेको र टर्मिनल भवन अन्र्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको छ ।

तत्कालका लागि आन्तरिक उडानमा नयाँ टर्मिनल भवनलाई प्रयोग गरेपनि भविष्यमा बाह्य उडानका लागि पनि उपयोग गर्न सकिने छ । यदी बाह्य उडान गर्ने अवस्था आयो भने आन्तरिक र बाह्यको लागि टर्मिनल भवनलाई पार्टेशन गरेर सेवा सुरु गर्ने गरि टर्मिनल भवन निर्माण गरिएको थापाले बताए ।

टर्मिनल भवनमा अण्डर ग्राउण्डसहित तीन तल्लाको ५५ हजार स्क्वायर फिटमा नयाँ भवन निर्माण गरिएको छ । भवनमा प्रतिघण्टा ६ सय ९८ जना यात्रु अटाउन सक्ने क्षमता रहेको छ । अबको केही दिनमै कम्पनीले सरकारलाई टर्मिनल भवन हस्तान्तरण गर्ने तयारी भइरहेको ठेकेदार कम्पनकिा प्रतिनिधि सुवेदीले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : २३ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु