१६ माघ २०८२, शुक्रबार | January 30, 2026

रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड बक्यौतामध्ये पहिलो किस्ता बुझायो, विद्युत् लाइन पुनः जडान



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत् प्राधिकरणप्रति आफ्नो बक्यौता रकम तिर्न सुरु गरेको छ । कम्पनीले ७५ करोड ३७ लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ता बुझाएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन् ।

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत् विद्युत् उपभोग गरेको सुनसरीस्थित उक्त उद्योगले प्रिमियम महसुलबापत २८ किस्तामा रकम बुझाउने सहमति गरेको हो । पहिलो किस्तास्वरूप रिलायन्सले दुई करोड ७७ लाख रुपैयाँ बुझाएपछि प्राधिकरणले विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरेको कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिका लागि डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको महसुल बुझाउन बाँकी राखेको थियो । तर कम्पनीले बुझाएको रकमलाई ‘किस्ता’ नभई ‘विवादित रकम’ भन्दै धरौटीका रूपमा बुझाएको जनाएको छ ।

गोल्याण ग्रुपकी कर्पोरेट कम्युनिकेसन म्यानेजर ज्योती गह्रैले भनिन्, “तत्काल विद्युत् लाइन जडान गरिने र त्यसपछि पुनरवलोकन तथा न्यायिक प्रक्रियामा जाने सहमति भएको थियो । सोही सहमतिअनुसार हामीले धरौटी रकम बुझाएका हौँ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उद्योग सञ्चालनमा अवरोध र हजारौँ श्रमिक रोजगारीविहीन हुने जोखिम भएकाले मध्यमार्ग अपनाएका हौँ ।”

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  २ : ५४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला