१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

संस्कृति संरक्षण र कलाकार कल्याणका लागि रुपन्देहीमा देउसी-भैलो कार्यक्रम सम्पन्न



बुटवल । लोक संस्कृतिको संरक्षण र कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रुपन्देहीले देउसी-भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष विजय सापकोटाको नेतृत्वमा सम्पन्न सो कार्यक्रम तिहारको अवसरमा आयोजना गरिएको हो । कार्यक्रममा संस्कृतिको जगेर्नासँगै कलाकारको आर्थिक तथा सामाजिक हितका लागि सहयोग संकलन गरिएको प्रतिष्ठान रुपन्देहीका सचिव बिधान कार्कीले जानकारी दिए ।

देउसी-भैलोबाट जम्मा भएको १ लाख रुपैयाँ रकम कलाकार कल्याणकारी कोषमा राखिने र आगामी दिनमा उक्त कोषलाई १२ लाख रुपैयाँसम्म पुर्‍याइने योजना रहेको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार, सो कोषबाट कलाकारका आकस्मिक समस्या समाधानमा सहयोग गरिनेछ भने कलाकार सम्मान कोषमार्फत प्रत्येक वर्ष सिर्जनात्मक योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गरिनेछ ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय सचिव प्रचण्ड जीसी, केन्द्रीय सदस्य पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’, सुशील गौतम, लुम्बिनी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष दामोदर बस्याल, प्रदेश सचिव योगराज पोखरेल, गुल्मी जिल्ला अध्यक्ष तथा चर्चित गायिका शिलु भट्टराई लगायत प्रदेश र जिल्ला समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सापकोटाले कल्याणकारी उद्देश्यका साथ देउसी-भैलो कार्यक्रम सफल पार्ने सबै सहयोगी मनकारी हातहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनमा कलाकारको हितका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानले यही कार्तिक २२ गते ९ औं अधिवेशन र १७ औं साधारणसभा सम्पन्न गर्ने तयारी गरेको पनि अध्यक्ष सापकोटाले जानकारी दिए । अधिवेशनमा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ३ : ३७ बजे

बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन

म्याग्दी । शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ ।

नेपालगन्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

वर्षाका कारण न्युजिल्याण्ड र पाकिस्तानको खेल रद्द, दुवैले पाए एक-एक अंक

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर-८ चरणको पहिलो

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिन मात्र बाँकी