१७ माघ २०८२, शनिबार | January 31, 2026

सांसदको काम थिति बसाल्ने हो, साना तिना काम गर्न स्थानीय तह छन् : उपसभापति वाग्ले



दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताएका छन् ।

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने हो । थिती बसाल्न तपाईँहरुले पठाउनुभएको हो भनेर सबैलाई सम्झाएको थिएँ ।”

साना तिना काम गर्न स्थानीय तह छन् भन्ने जनतामा बुझाउन लागेको बताउँदै उनले आफू सांसद हुँदा इमानदार प्रयास गरेको उल्लेख गरे । दमौली खानेपानी उपभोक्ता संस्थाबाट सहयोगको आग्रह गरिएपनि विगतमा सरकारमा नहुँदा बजेट राख्न नसकिएको वाग्लेको भनाइ थियो । उनले भने, “खानेपानी जस्तो संवेदनशील विषयमा विगतमा पनि सहयोगको आग्रह गर्नुभएको थियो, सांसदको एकसुको पनि बजेट थिएन । निजी सहयोगकर्ता, दानवीर खोज्दै जाँदा केही सहयोग गर्न सक्यौँ ।”

संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले तीन हजार ८०० निजी धाराबाट २५ हजार बढी जनसङ्ख्याले खानेपानी सुविधा पाइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ४ : २४ बजे

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक