२२ भदौ २०८३, सोमबार | September 7, 2026

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित



काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेटको क्षतिमा ११२ रन बनाएको थियो । अफगानिस्तानका करिम जनातले १० बलमा चार छक्काको मद्दतमा ३५ रन जोडे । त्यस्तै, गुलबदिन नायब र सिदिकुल्लाह पचले समान २२-२२ रन बनाए ।

नेपालका लागि राशिद खानले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित चार विकेट लिँदा लोकेश बमले एक विकेट हात पारे ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै १४ बलमा ८ छक्कासहित ५३ रन बनाए । तर अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपालले निर्धारित ६ ओभरमा दुई विकेटको क्षतिमा ९५ रन मात्रै बनाउन सक्यो ।

सिक्स ओभरको फरक र गतिशील ढाँचा रहेको यो प्रतियोगितामा नेपालले प्रारम्भिक हारसँगै सुधारका अवसर खोज्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ०९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा