१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

कार्तिक २२ गते बुटवलका सबै वडामा एमालेको भेला गर्दै



बुटवल । नेकपा एमालेले बुटवल उपमहानगर कमिटी अन्तरर्गत रहेका १९ वटा वडा कमिटी र हाटबजार क्षेत्रमा कार्तिक २२ गते भेलाको तयारी गरेको छ ।

एमाले केन्द्रीय कमिटीको सर्कुलर र उपमहानगर कमिटीको निर्णयअनुसार एकैपटक एकै समयमा सबै वडामा यस्तो कार्यक्रम तय गरिएको उपमहानगर कमिटी अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए ।

पार्टी केन्द्रले संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेर अहिलेको सरकार बनाइएकाले संसद पुनःस्थापनाबाट मात्रै अहिलेको समस्याको समाधान हुने, देशैभर एमालेका कार्यालय तथा नेताहरुका घर छानी छानी जलाउने, तोडफोड गर्ने र सरकारी संरचनामा आगो लगाउनेहरुविरुद्ध कारबाहीको माग गर्ने र यो अवस्थामा भइरहेको चलखेलका विषयमा पार्टीका धारणा सार्वजनिक गर्न देशैभर भेला, जनप्रदर्शन गर्न सर्कुलर गरेको छ ।

तयसैलाई आधार मानेर बुटवलमा भेलाको तयारी भइरहेको अध्यक्ष पोखरेलले जनाए । उनका अनुसार यो क्षेत्रमा रहेका केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी तथा विभागमा रहेका पदाधिकारी तथा सदस्यहरुले ती भेलामा सम्बोधन गर्नेगरी कार्यक्रम तय भएको छ ।

पहिले वडा भेला सकेर जिल्ला तथा प्रदेश र अन्तिममा काठमाडौंमा प्रदर्शन तयारीका लागि एमालेले सबै कमिटीलाई सर्कुलर गरेको छ । अहिले सबै नेताहरु आफ्नो आफ्नो क्षेत्रमा यसका लागि खटिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : १७ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा