२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

फ्राइडे रिलिज : ‘जारी-२’ र ‘मन बिनाको धन’ आजदेखि प्रदर्शनमा



काठमाडौं । दुई नेपाली चलचित्र ‘जारी-२’ र ‘मन बिनाको धन’ आज शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएका छन् ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘जारी-२’ मा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन् । साथै, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा र सिर्जना निङलेखु लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

बिहीबार काठमाडौंमा गरिएको प्रिमियरमा ‘जारी-२’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । समीक्षक र दर्शकहरूले यस चलचित्रमा संस्कृति, प्रेम र तत्कालीन माओवादी द्वन्द्वपछिको समाजको जीवन्त चित्रण देखिएको बताएका छन् ।

त्यस्तै, टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ पनि आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा अशोक दर्जी मुख्य भूमिकामा छन् । साथै, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा र रवीन्द्र झालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘मन बिनाको धन’को कथा टंक बुढाथोकी स्वयंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : २८ बजे

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको