१५ माघ २०८२, बिहिबार | January 29, 2026

कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ लोक गायक कमल बि.के.निर्मोहीलाई प्रदान



नेपालगन्ज । यसवर्षको कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक कमल बि.के. निर्मोहीलाई प्रदान गरिएको छ ।काठमाडौंमा आज सम्पन्न स्वरमाधुरी अन्जना गुरुङ एकल साँझ सहितको विशेष कार्यक्रममा सो पुरस्कार निर्मोहीलाईप्रदान गरिएको हो ।

५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ लोक गायक कमल बि.के. निर्मोही उपचार सहयोग समितिका संयोजक नमस्कार शाहले ग्रहण गरेका थिए । लोक गायक निर्माही बिरामी रहेका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ भएको संयोजक शाहले बताए ।

निर्मोही दुबै मिर्गौला फेल भएर उपचारार्थ छन् । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, पुरस्कारका संस्थापक सुप्रसिद्ध गायक(गायिक कन्हैया सिंह परियार र अञ्जना गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए । उक्त पुरस्कार निर्मोहीको निवास नेपालगञ्जमै आएर हस्तान्तरण गरिने संयोजक शाहले बताए ।

वरिष्ठ गायिका अञ्जना गुरुङलाई गत बुधबार मात्र ‘स्वरमाधुरी’ सम्मान अर्पण गरिएको थियो । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबीच मिलाप मासिकले उनलाई ‘स्वरमाधुरी’ सम्मान प्रदान गरेको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ४९ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।