२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

बाढीपहिरोको क्षतिबाट रु तीन अर्ब ७८ बराबरको बीमा दावी



काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ ।

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कब्ूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ ।

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो ।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ७ : ३५ बजे

नेपाल संवत्ले आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने गगन थापाको विश्वास

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग

चाडपर्वले सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउँछन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा

सोनिया गान्धीको संस्मरणमा प्रेम र सङ्घर्ष

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र

भोजपुरका किसानलाई धान भण्डारणको चटारो

भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष

नेपाल संवत् राष्ट्रिय पहिचान र एकताको प्रतीक : प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्लाई नेपालको