४ पुस २०८२, शुक्रबार | December 20, 2025

ढोरपाटनमा पिकअप जिप दुर्घटना, एकजनाको मृत्यु र दुई घाइते



ढोरपाटन । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् । शुक्रबार राति करिब १० बजे बुर्तिवाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप जिप ढोरपाटन नगरपालिका-८ र ९ को सिमानास्थित च्वावीरमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा ढोरपाटन नगरपालिका-७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

घाइते हुनेमा ढोरपाटन नगरपालिका-९ का २७ वर्षीय चालक दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै रहेका छन् । घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र वसन्त अदै घर फर्किएको प्रहरीले जनाएको छ ।

मानन्धरका अनुसार, पिकअप जिप सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको थियो । “राति दुर्घटना भए पनि तत्काल जानकारी पाएर उद्धार कार्य सुरु गर्‍यौं,” उनले भने, “घटनास्थलमै एकजनाको मृत्यु भयो, अन्य घाइतेहरूको अवस्था स्थिर छ ।”

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको